Schedule 5
काम तामेल भएको २० बीस वर्षपछि धुल्याउने कागजात
१. राहदानी सम्बन्धी मूल किताब र राहदानी सम्बन्धी दरखास्त र अरू भित्री पत्र ।
२. सरकारी वा गैर सरकारी अड्डा, अदालत वा उद्योग धन्दा व्यापार र व्यवसाय वा अन्य कुनै खास कार्यका सम्बन्धमा विस्तृत अध्ययन गरी तथ्याङ्क र सुझाव सहित नेपाल सरकार समक्ष आएको प्रतिवेदन ।
३. निर्माण सम्बन्धी मेजरमेण्ट बूक( Measurement Book) सो निर्माण कार्य पूरा भएपछि ।
४. कर्मचारीलाई चुनाव लड्न, व्यापार वा व्यवसाय गर्न स्वीकृति दिने सम्बन्धी कागजात ।